काठमाडौं, २८ पुस । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ ।
तरुण दलले कम्यूनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, चरममुल्य बृद्धि, अबौंको वाइडबडी काण्ड, निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा केही गर्न नसकेको भन्दै विरोध स्वरुप आन्दोलन गर्न लागेको जनाएको छ ।
तरुण दलका महामन्त्री भूपेन्द्रजंश शाहीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको गैरकानुनी तथा अलोकतान्त्रिक रबैयाको बिरोधमा तरुण दलले सातै प्रदेशको राजधानीमा बिरोध प्रर्दशन, र्याली तथा सभा गर्ने निर्णय गरेको छ ।
कार्यक्रमः
माघ ८ गते प्रदेश एकको बिराटनगर
माघ ९ गते प्रदेश दुईको जनकपुर
माघ १० गते प्रदेश तीनको हेटौंडा,
माघ ११ गते गण्डकी प्रदेशको पोखरा
माघ १२ गते प्रदेश पाँचको भैरहवा
माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत
माघ १४ गते सदुरपश्चिम प्रदेशको धनगढी