काठमाडौं २९ पुस । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट कक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्कत बाहिरिएको हो ।
१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचय बनाएर होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठाम हरेक दिन फरक फरक यवती आउने जाने गर्थे । नयाँपत्रिकाबाट