Logo

एक वर्ष भित्र रोल्पाका सबै घरमा उज्यालो



कााठमाडौँ,४ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने जनाएका छन । रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा रोल्पामा रहेका मन्त्री पुनले सो कुरा बताएका हुन।

स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गर्ने मन्त्री पुनले जनाए। “जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत् उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ”,उनले जनाए । हरेक वडामा विद्युत् विस्तार गर्न चालू आवमा रु २९ करोडको टेण्डर भइसकेको जानकारी दिँदै उनले थप रु ३२ करोडको अर्को टेण्डर गर्ने गरी प्रक्रिया अगाडि बढेको छ बताए ।

जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ भन्दै मन्त्री पुनले यस जिललामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्को प्रक्रिया पनि बढाइने उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्