काठमाडौँ, ६ माघ । द्धन्द्धपिडित सुरक्षाकर्मीका परिवारले आज राजधानीको माईतीघरमा बिरोध प्रर्दशन गरेको छ । द्धन्द्धकालको समयमा घाईते तथा मृत्यु भएका सुरक्षाकर्मीको परिवारले बिभीन्न माग राखी बिरोध जनाएका हुन । द्धन्द्धपिडीत सुरक्षाकर्मीका परिवारलाई सम्मान गर,परिवारका सन्ततीको रोजगारको ग्यारेन्टी गर,अपाङग र अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर लेखेका प्ले कार्ड र ब्यानर सहित उनीहरुले बिरोध जनाएका हुन । उनीहरुले द्धन्द्धपिडीत सुरक्षाकर्मीको माग प्रहरी र सैनीक ऐन मार्फत सम्बोधन होस भन्दै सरकारलाई दवाव दिएका छन । द्धन्द्धकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहिद घोषणाको निर्णयलाई कार्यान्वयनको माग सहित प्रर्दशन गरेका छन ।बिगत एक हप्तादेखी उनीहरुले प्रर्दशन गर्दे आएका छन । फोटोःमुकुन्द कालिकोटे