Logo

‘बहुमतको हठमा सरकार अघि बढे इतिहासको पानामा सीमित हुन्छ’



काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको हठमा संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरे दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।

सोमबार कैलालीमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो चेतावनी दिएका हुन् । उनले बहुमतको हठमा सरकार अघि बढे इतिहासको पानामा सीमित हुने बताए।

उनले भने,‘बहुमत हिटलरको पनि थियो, विवेक नहुँदा इतिहासको पानामा सीमित भए।सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्छु जब बहुमत र विवेकको कुरा आउँछ, विवेकलाई केन्द्रमा राख्नुपर्छ।’

चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले १६ औं पटक अनशनलाई निरन्तरता दिएको बताउँदै शर्माले भने, ‘डाक्टर केसीले आफ्ना लागि माग्नु भएको छैन। आम नेपालीको भावना समेट्नु भएको छ।’



प्रतिक्रिया दिनुहोस्