Logo

एक आदर्श पिताः जसको पाइन्टमै पिसाब गरेको जस्तो देखिन्थो !



काठमाडौँ,७ माघ । तेसो त पितालाई प्रायः सवैले आर्दशको रुपमा लिने गरेका छन । तर,अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको भने समाजिक संजालमा चर्चा अत्याधिक बढेको छ । अहिले मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ६ वर्षीय बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् । त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखेर सबै जना जिल्ल परे ।

यो थाहा पाएपछि स्कुलका स्टाफले उनका पिता बेन सेवार्डलाई फोनमा छोरीसँग भएको घटनाबारे थाहा पाए त्यसपछि उनले बुझे कि अब उनले केही गर्नुपर्छ । उनी छोरी लाई लिन स्कुल पुगे । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति पनि बेइज्जतीको सामना गर्नु नपरोस् । जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि केही पानी खन्याएका थिए । त्यसपछि ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो । झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए ।

आफ्नो पाइन्ट भिजाएपछि बेन छोरीलाई लिन सिधै प्रिन्सिपलको अफिसमा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुकाउँछु ।’ त्यसपछि उनले अगाडि भने ‘मैले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’पिताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् ।बेनले यस्तो यसकारण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नलागोस् ।

उनी मुस्कुराएको देखेपछि बेनले बुझे कि उनको तरिकाले काम गरेको छ । छोरीलाई हीनताबोध हुन नदिन उनले यस्तो गरेका थिए । उनले आफ्नो पाइन्ट भिजाएर सानी छोरीलाई यो बुझाएका थिए कि इमरजेन्सीमा कपडामै पिसाब गर्नु सामान्य कुरा हो र यो गल्ती जो कोहीबाट हुन सक्छ । स्कुलले बेनको यो समझदारीको कामलाई सामाजिक संजालमा पोस्ट गरेर उनको तारिफ गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्