Logo

देउवा निवासमा कांग्रेस नेताहरुको छलफल



काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिबाट सुरु हुने केन्द्रिय कार्य समिति बैठकको पूर्व सन्ध्यामा शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

आफ्नो निवास बुढानिलकण्ठमा नेताहरु बोलाएर उनले भोलिबाट सुरु हुने बैठकका एजेण्डाका बारेमा छलफल गरेका हुन् । पार्टीको विधानमा सहमति खोज्नको लागि उनले शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

त्यस्तै पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप्ने वा नथप्नेबारे पनि नेताहरु आजै निर्णयमा पुग्नेगरि छलफलमा जुटेको स्रोतको दाबी छ । छलफलको लागि बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु अर्जुननरसिंह केसी र डा. रामशरण महत पनि देउवा निवास पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्