Logo

खेलबाट पनि समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना



पोखरा, ९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव हुने बताउनुभएको छ । कास्की जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय सिर्जना छात्रछात्रा भलिबल प्रतियोगताको उद्घाटन गर्दै उहाँले विश्वका विभिन्न राष्ट्र खेलका माध्यमबाट समृद्धि हासिल गरेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले खेलबाटै राष्ट्रको विशिष्ट पहिचानसमेत बनाउन सकिनेमा जोड दिँदै सरकारले व्यावसायिक खेलाडी उत्पादन गर्न यस क्षेत्रमा उचित लगानी गर्नुपर्ने बताउनुभयो । खेल पर्यटनको विकासका लागि सरकारले योजना अगाडि बढाइसकेको उल्लेख गर्दै उहाँले यस किसिमका प्रतियोगिताले खेलको समग्र विकासमा टेवा पु¥याउनेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले प्रतियोगिताबाट उत्कृष्ट बनेका खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै खेलबाटै जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालले पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै ५० हजार दर्शक अट्ने किसिमले निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेल क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा खेल क्षेत्रमा विभिन्न तवरबाट योगदान गर्ने सिर्जना विकास केन्द्रका उपाध्यक्ष इन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, सम्पन्न श्रेष्ठ र श्रीभत्त गुरुङलाई दोसल्ला ओढाइ सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यही माघ १२ गतेसम्म हुने प्रतियोगितामा छात्रतर्पm २४ र छात्रातर्पm १० समूहले सहभागिता जनाउने सिर्जना विकास केन्द्रका अध्यक्ष राजकुमार गिरीले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्