Logo

गगन थापालाई योगेशको हुँकार : गोविन्द केसीलाई बोकेर नहिँड्नुहोस्



काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले कांग्रेस नेता गगन थापालाई अब गोविन्द केसीलाई बोकेर नहिँड्न चेतावनी दिएका छन् ।

उनले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. केसीको शतप्रतिशत जित भएको प्रतिक्रिया दिए । कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो ।

भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस, खुसी मनाउनुस् ।’ उनले अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’



प्रतिक्रिया दिनुहोस्