काठमाडौं, ११ माघ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विकल्प नभएपछि पद्धतिमा गएर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको स्पष्ट पारेका छन् ।
शुक्रबार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले यसअघि विधेयककका विषयमा समिति र उपसमितिमा सहमति जुटाउन हरप्रयत्न गरेपनि सम्भव नभएकाले विधि, प्रकृया र पद्धतिमार्फत विधेयक पास गरिएको बताए ।
उनले सहमतिका लागि केही दिन रोकिएको समेत बताए । उनले अघि थपे, ‘केही नलागेपछि पद्धतिमा गएका हौ । अव यसलाई कार्यान्वयनमा लैजानुपर्छ ।’