काठमाडौं १६ माघ । मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलो पनि बिकेन । लागत नउठेको आक्रोसमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट गरे ।
तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो ।
प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ । तर यहाँ किसानको मेहनतमा बिचौलियाले फाइदा लिइरहेका छन् । चितवनमा भएको घटना यही नीतिको पछिल्लो उदाहरण हो । –नागरिक दैनिकबाट