Logo

बानेश्वरबाट ३२ जना अधिकारकर्मीहरु गिरफ्तार



काठमाडौं, १६ माघ । मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले ९ जना महिलासहित ३२ जना अघिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न मागसहित संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्