Logo

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा नेपाल फर्किईन्



काठमाडौं, १६ माघ । विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छिन् । विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ । राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् ।

सवारी चालक वाङ्चु शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले २२ मंसिरमा शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्