Logo

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध: गृहमन्त्री



काठमाडौँ,१६ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका गर्नुभएको थियो ।

भेटमा राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्