Logo

संसद बैठक माघ २० गते सम्मलाई स्थगित्



काठमाडौं, १७ माघ । संसद बैठक माघ २० गतेसम्मको लागि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।

सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गरेका थिए ।

“डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भने ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा काङ्ग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद रिजालले बोलिसकेपछि काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख महराले चिकित्सा शिक्षा विधेयक विधिअनुसार नै पारित गरिएको उल्लेख गर्नुहुँदै बस्न काङ्ग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।

सभामुख महराले पटकपटक काङ्ग्रेस सांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्