काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन स्थगित् गर्न आग्रह गरेका छन् ।
बिहीबार अपरान्ह डा. केसी अनशनस्थल त्रि.वि. शिक्षण अस्पताल पुगेर देउवाले यस्तो आग्रह गरेका हुन् । उनले केसीको जीवन रक्षाको लागि आफूहरु संवेदनशील रहेको पनि बताएका थिए ।