काठमाडौँ,१८ माघ । सोमवारसम्म ईशा गुप्ता केवल आर्सनल फुटबल क्लबकी कट्टर समर्थक बलिउड नायिकाका रूपमा चिनिन्थिन्।तर आफ्नो साथीसँग गरेको ह्वाट्सएप वार्तालापको स्क्रीनग्र्याब तस्बिर सार्वजनिक गरेपछि उनको छवि बदलियो।
उक्त फोटोमा उनको साथीले सो क्लबका नाइजेरियन खेलाडी एलेक्स इवोबीलाई एक गोरिल्लाु र आदिम मानव प्रजाति नियान्डर्थलु जसका निम्ति क्रमिक विकासु रोकिएको भनी ठट्टा गरेको देखिन्छ।
त्यसको प्रतिक्रियामा ईशाले हा हा हाु लेखेकी छन्। उक्त स्क्रीनग्र्याब फोटोलाई उनले लगत्तै ३४ लाख फलोवर रहेको आफ्नो इन्स्टाग्राममा हालिन्।जातिवादी लाग्ने ती अभिव्यक्ति र प्रतिक्रिया जसलाई उनले केवल ठट्टाको विषय ठानिन् त्यसले धेरैलाई विचलित पारिदियो। र त्यसको प्रतिक्रिया पनि निकै तीव्र रह्यो।
आर्सनल क्लबका अन्य समर्थकहरूले उनी कसरी आर्सनलको समर्थक हुन सकेकी होलिन् भनेर प्रश्न गरे।गुप्ताले तत्कालै माफी त मागिन्। तर यसले भारतीय समाजमा अफ्रिकी मूलका मानिसहरूप्रति व्याप्त रहेको तर विरलै बाहिर चर्चा गरिने जातिवादी विभेदको समस्यातर्फ सङ्केत गर्छ।गत पाँच वर्षदेखि दिल्लीमा बस्दै आएका इजोइगो नाम्दीले बीबीसीलाई भने, निश्चय पनि, उनको त्यस्तो टिप्पणी सुनेर मलाई अचम्म लागेन।भारतस्थित अफ्रिकी विद्यार्थीहरूको सङ्घका महासचिव नाम्दी भन्छिन्, ईशा गुप्ताका शब्द अफ्रिकी विद्यार्थीहरूले भारतमा दैनिक रूपमा देख्दै र भोग्दै आएको विभेदभन्दा फरक छैन।
जातिवाद यहाँ छिपेको छैन। प्रस्ट नै छ। मानिसहरू तपाईँ सोझै हेरिरहन्छन् र गिज्याउने शैलीले हब्सी भन्छन्। यहाँ तपाईँलाई नरभक्षीको रूपमा लिइन्छ, उनले भने।त्यसोभए के गुप्ताका सन्देशहरू भारतमा अश्वेत मानिसहरूले दैनिक रूपमा भोग्दै आएका जातिवादका थप एक उदाहरण मात्र हुन्।
यो त प्रस्टै छ कि उनको इन्स्टाग्राम पोस्ट जति हलचल विदेशमा मच्चायो त्यति भारतमा मच्चाएन।तर किनरु त्यो किनभने भारतमा त चर्चामा आउन त्योभन्दा निकै घातक घटना हुनुपर्छ।
सन् २०१६ मा त्यस्तै एउटा घटना भयो जब एक तान्जानियाली युवतीलाई क्रुद्ध भिडले नङ्ग्यायो र पिट्यो। उक्त घटनाले फोटोग्राफर महेश शान्तारामलाई आफ्नै समाजबारे ताजा दृष्टिकोणले हेर्न प्रेरित गर्यो।महिनौँसम्म आफ्नै सहर र देश घुमेर अनि अफ्रिकीहरूलाई भेटेर अनि तिनको तस्बिर खिचेर फर्किएपछि उनी निकै विचलित भए।
मैले कति कुरा त पहिलो पटक सुनेँ। कल्पना गर्नुहोस् त आफू निकै जानकार रहेको भान पर्ने आफ्नै देशको बारे अरूले निकै फरक कथा बताए भने कस्तो होला।ूकतिपय मुद्दामा, उनी भन्छन्, केवल कालो वर्णको हुनु नै छरछिमेकीको नजरमा दोषी हुनु ठहरिहाल्छ।
परिणामरु इन्ड्योर्यान्स अमालवा जस्ता निर्दोष अफ्रिकी जसलाई सन् २०१७ को मार्चमा दिल्लीको एउटा किनमेल केन्द्रमा भिडले कुटपिट गर्यो। एक भारतीय किशोर लागुऔषधको धेरै मात्राका कारण मरेको पाइएपछि सोझै नाइजेरियाली लागुऔषध कारोबारीुमाथि दोष लाग्यो।
हामी भारतीयलाई लाग्न सक्छ कि हामी जातिवादको पीडित हौँ तर हामी त पीडक पनि हौँ भन्ने बुझाइ पाइँदैन, शान्तारामले बीबीसीलाई भने।तर छालाको रङ्गका कारण विभेदको सिकार केवल अश्वेत मात्र हुँदैनन्। अलि कालो छाला हुनेहरूले पनि पूर्वाग्रहको सिकार हुनुपर्छ।
विडम्बना नै हुनुपर्छ ईशा गुप्ता स्वयंले पनि त्यस्तो पूर्वाग्रहको अनुभव गरेकी थिइन्। सन् २०१७ मा भएको त्यस्तो अनुभवबारे उनले बोलेकी थिइन्।
मलाई आफ्नो रूपरङ्गबारे गौरव लाग्छ। युरोपमा गहुँगोरो वर्णलाई सम्मान गरिन्छ तर भारतमा भने यही वर्णका कारण मैले विभेद सहनुपर्छ, उनले टाइम्स अफ इन्डियालाई भनेकी थिइन्।यो त केवल पाखण्ड हो। मलाई मेरो वर्णबारे किन नराम्रो मान्न बाध्य पारिन्छ जबकि भारतमा ९० प्रतिशत महिला यस्तै छन्।
छालाको रङ्गका आधारमा हुने विभेदविरुद्ध नाम्दीको समूह विभिन्न अभियान त चलाए। तर नाम्दी चाहन्छन् कि जातीय घृणा फैलाउनेविरुद्ध सजाय हुने कानुन आवश्यक छ। गुप्ताको माफी मात्र पर्याप्त नहुने उनी ठान्छन्।त्यस्ता टिप्पणीका लागि सजाय हुनुपर्छ ताकि तपाईँ त्यसबाट केही शिक्षा लिन सक्नुहोस्।बीबीसी