Logo

सरकार समृद्धिको बाटोमा हिँड्न सकेनः नेता पौडेल



दमौली, २१ माघ ९रासस० ः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताउनुभयो । वरिष्ठ नेता पौडेलले शान्ति सुरक्षा, विकास र सुशासनमा सरकार असफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुनकाण्डका ठूला माछा कहाँ गएँ, वाइड बडीमा भ्रष्टाचार गर्ने कहाँ छन् रु उनीहरुलाई बचाउन खोजिएको आभास हुँदैछ ।” वरिष्ठ नेता पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “दश हजार घुस खाने पक्राउ पर्छन्, तर अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”

काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताउनुभयो । उहाँले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभयो । प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने नेता पौडेलले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्