Logo

९० करोडको घरमा बस्छन राम चरण तेजा,यस्ता छन सुविधा



काठमाडौँ,२२ माघ । दक्षिण भारतिय फिल्म क्षेत्रका सुपरस्टार चिरंजीवीका छोरा तथा नायक राम चरण तेजा हाल ३३ वर्षका भएका छन् । तेलुगु सुपरस्टार चरण तेजा साउथ फिल्मी क्षेत्रमा चर्चित छन् । चरणले प्रियंका चोपडाको फिल्म जंजीरबाट बलीवुडमा डेब्यु गरेका थिए ।

राम चरणले आफ्नो फिल्मी करियरको शुरुवात २००७ मा फिल्म चिरुथा बाट गरेका थिए । उनको दोस्रो फिल्म एस एस राजामौलीको निर्देशनमा बनेको फिल्म मगधीरा थियो । यस फिल्मबाट रामचरण प्रसिद्घ भएका थिए । यस फिल्म प्रश्चात रामचरणको नाम ठुला कलाकारको नाममा चढेको थियो ।

चरणले ओरेंज,नायक,येवादु,धु्रवा, खिलाडी नम्बर १५० जस्ता धेरै फिल्ममा काम गरेका छन् ।रामचरणको बारेमा भारतिय मिडियाका अनुसार उनि भारतिय ९० करोडको आलिशान घरमा बस्दछन् । यसमा विश्वस्तरिय सुविधा सम्पन्न रहेको छ । घरको भित्तामा महंग्रो महंग्रो चित्रहरुले सजाएका छन् ।

उनको आफ्नै प्रोड्क्शन हाउस पनि छ । उनले फिल्ममा मात्र काम गदैनन् उनि एक सफल बिजनेसमेन पनि हुन ।राम चरणको उपनाम चैरी हो । उनले जुन २०१२ मा उपासना कमिनेनीसंग विवाह गरेका थिए ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्