Logo

नायक आर्यन सिग्देल बुवा बन्दै



काठमाडौँ,२२ माघ ।नेपाली सिने जगतमा चकलेटी हिरोको रुपमा चिनिने नायक आर्यन सिग्देल बु्वा बन्ने भएका छन । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दे २०७१ साल वैशाख ६ गते बिवाह बन्धनमा बाधिएका सिग्देलले यो सामाचारको पुष्टि गरेका छन । आर्यनले पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको खुलासा गरेका छन ।

चलचित्र ‘हजार जुनी सम्म’को छायांकनको लागि भारतको सिक्किममा व्यस्त रहेका उनी छायांकन सकेर नेपाल फर्किए पश्चात श्रीमती सपनालाई समय दिने तयारीमा छन् । आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले अधिकारिक रुपमा सार्वजनिक गरिसकेका भने छैनन् ।



प्रतिक्रिया दिनुहोस्