Logo

यूएईबाट सुन पठाउने खड्का समातिए



काठमाडौं, ११ माघ। ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् ।

उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्