Logo

रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग



सङ्खुवासभा,२५ माघ । सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।

एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो । रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । उहाँले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताउनुभयो ।

रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ब्लड ग्रुप्रिङ गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्