Logo

बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा



काठमाडौं, २६ माघ । प्रेस चौतारीका पूर्व अध्यक्ष एवम् दैनिक पत्रिकाका प्रधानसम्पादक बालकृष्ण चापागाईंले पत्रकार ऋषि धमलालाई नेपाल पत्रकारिताको नायकको संज्ञा दिएका छन् । उनले भने,‘ऋषिजीले खेलेको भूमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ, उहाँ नेपाली पत्रकारिताको नायककै हो ।’

यद्धपी उनले सरकारले पत्रकार धमलाको योगदानको कदर गर्न नसकेको गुनासो गरे । उनले भने,‘अरु देशमा भएको भए ऋषिजीलाई धेरै सम्मान तथा पुरस्कार दिईनेथियो । तर, नेपाल सरकारले उहाँको योगदानको कदर गर्न सकेन् ।’

पत्रिकाको कार्यालयमा पत्रकार धमलालाई स्वागत तथा सम्मान गर्दै चापागाईंले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै धमलाले पत्रकारिता क्षेत्रले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सूचना, समाचार र विचारको सम्प्रेषणमा जोडदिनुपर्ने बताएका थिए ।

उनले मिडिया–मिडिया बिचमा सहकार्य गर्न आवश्यक रहेको भन्दै अस्वच्छ प्रतिस्पर्धाले पत्रकारिताको संस्थागत विकास हुन नसक्ने पनि धारणा राखेका थिए । मिडियाहरु एकआपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धमलाको भनाई थियो ।

साथै, उनले दैनिक पत्रसँग प्राईम टेलिभिजन सहकार्य गर्न तयार रहेको बताउँदै पत्रकारितामा दैनिक पत्रले संस्थागत र व्यवसायिक यात्रामा सफलता हाँसिल गर्दै गएकोमा बधाइ पनि दिए ।

सम्मान कार्यक्रममा बोल्दै दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक चापागाईंले नेपाली पत्रकारितामा ऋषि धमलाको विशिष्ट पहिचान र योगदान रहेको चर्चा गरे । उनले छापा, रेडियो र टेलिभिजनका लागि समाचार समितिले गर्ने कार्य रिपोर्टर्स क्लबले स्थापनाकालदेखि गर्दै आएको पनि बताए । साथै, चापागाईंले प्राईम टेलिभिजनसँग सहकार्य गर्नका लागि दैनिकपत्र तयार रहेको बताए ।

यस्तैै, पूर्व सांसद विनोद पहाडीले ऋषि धमलाले नेपाली पत्रकारितामा दिएको योगदान उल्लेखनीय रहेकोे बताउँदै नयाँ पुस्ताका पत्रकारहरुले पनि उनीबाट पाठ सिक्नुपर्ने बताए ।

यस्तै दैनिक पत्रका प्रबन्ध सम्पादक ऋषि आजादले धमलाले गर्दै गरेको सञ्चारकर्मले समाजमा सकारात्मक सञ्चार गरेको भन्दै निरन्तरताको लागि आव्हन समेत गरेका थिए ।

कार्यक्रममा रिपोर्टर्स क्वल प्रदेश ५ अध्यक्ष रामकुमार क्षेत्रीले दैनिकपत्रले मोफसलको पत्रकारितामा सफलतापूर्वक नेतृत्व गरिरहेको बताउँदै पछिल्लो समयमा आफ्नो बजारक्षेत्रलाई अझ फराकिलो बनाई मोफसलको नम्बर एक पत्रिकाको रुपमा पहिचान बनाएकोमा बधाई दिए ।

साथै दैनिक पत्रले रिपोटर्स कल्बका गतिबिधिलाई निरन्तर स्थान दिएको प्रति धन्यवाद समेत व्यक्त गरे । दैनिक पत्रका कार्यकारी सम्पादक सीपी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्