उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा भइरहेको सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा महाकाली नगरपालिकाअन्तर्गत–२ स्थित मालिकार्जुन मन्दिर झुस्कुको २२ धार्नीको पुरातन दमाहा प्रदर्शनी गरिएको छ । छलियाँ नाँचसहित प्रदर्शन गरिएको दमहा जिल्लाकै सबैभन्दा ठूलो बाजाको रुपमा रहेको छ । यो दमाहा एकै जनाले बोकेर नचाउन र बजाउन सकिदैन् । स्थानीयको सहयोगमा बजाइने ठूलो दमाहा महोत्सवको फरक पहिचान बनेको छ । तस्वीर ः नरेन्द्रसिह कार्की, दार्चुला