काठमाडौं १ फागुन । काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ ।
नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापा बताउँछन् ।
‘दशैँ अघिदेखि सुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएर प्रतिष्पर्धामा आएका छौँ,’ उनले थपे ‘हाम्रो मात्र नभएर मुलुकै शान हो । मलेसियामा हुने प्रतिष्पर्धामा विश्वका गाडी उत्पादकसँग प्रतिष्पर्धा गर्नेछौँ र पहिलो बन्ने अपेक्षा छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती हो ।’
यसले मुलकमै सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी उनीहरुको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएको भन्दै यो अवसरलाई सदुपयोग गर्ने विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरले बताए ।
‘मेलेसियामा हुने प्रतिष्पर्धामा हामी सयौं देशबाट प्रथम हुने प्रयासमा छौँ । यसका लागि विद्यार्थी, विश्वविद्यालय दिनरात लागेको छ । अब सरकार र लगानीकर्ताले साथ र सहयोग गरेमा हाम्रो उत्पादनले अवसर पाउने आशा लिएका छौँ ।’
जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे ।
तुलाधरका अनुसार सन् २०१६ देखि सुरु भएको अभियानमा काठमाडौं विश्वविद्यालय सफल नभए पनि २०१८-२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सन् २०१७ बाटै निर्माण सुरु गरेको बताइएको छ । ५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले बताए ।
निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ । अन्नपूर्णपोष्टबाट