Logo

आन्तरिक पर्यटक बढाउन गन्तव्य यात्रा



मार्तडी,२ फागुन । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तर प्रचारप्रसार हुन नसकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउनका लागि बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा शुरु गरेको छ । आज बिहानदेखि नै सदरमुकाम मार्तडीबाट सोही नगरपालिका–७ मा पर्ने पोरखेगढी र कालाजग्रामा सो यात्रा शुरु गरिएको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो ।

पोरखेगढी र कालाजग्राकमा ५०० आन्तरिक पर्यटक पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ थियो । कालाजग्रा, फातालत र थापोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले उक्त नगरपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्न ‘गन्तव्य बडिमालिका कार्यक्रम’ अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको हो । आन्तरिक र बाह्य पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका–७ को ढम्कने, बूढीनन्दा नगरपालिकाका–९ अगाउँपानी क्षेत्रको सीमा क्षेत्र पनि रहकाले यो क्षेत्रको पर्यटन प्रवद्र्धन भएमा आर्थिक विकासमा टेवा हुने नगरपालिकाको विश्वास छ ।

दशकौँ वर्षदेखि सुनसान रहेको यस क्षेत्रमा हरेक वर्ष घुम्न जानेको सङ्ख्या बढ्दै आएकाले यसको व्यवस्थापनका लागि प्रचारप्रसार गर्न सो कार्यक्रम थालिएको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।सदरमुकाम मार्तडी हुँदै बाजुराको प्रमुख व्यापारी केन्द्र कोल्टी र कर्णाली कालीकोट, मुगुको रारा, हुम्ला, जुम्लाको व्यापारिक बाटोको रुपमा चिनिने गरेको उहाँको भनाइ थियो ।

प्राकृतिक सुन्दरताले भरिएको, आसपासमा हरियो जङ्गल रहेको जिल्लाकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखेलेख नामले चिनिन्छ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषीमाताको मन्दिरका साथै गुफाताल पनि छ । सुदूर साहित्यक प्रष्ठिान बाजुराले प्रेम दिवसको अवसर पारी सोही दिन पोरखे गजल वाचन कार्यक्रमको समेत तायारी गरेको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताउनुभयो ।

पुसदेखि फागुनसम्म हिउँले ढाकिने फाँट र फाँटको छेउमा मिलाएर रोपिएको जस्तोे बुट्टा देखिने हिउँको दृश्य पोरखेगडी आसपासका क्षेत्रलाई बूढीगङ्गा नदीको उद्यगमस्थलले चिनिन्छ । बाइसे र चौबीसे राज्य भएको बेला राजाले बनाएको दरबार पोरखेगढी हालसम्म भग्नावशेषका रुपमा त्यहाँ देख्न पाइन्छ । रासस



प्रतिक्रिया दिनुहोस्