Logo

यी हुन कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णयहरु



काठमाडौं, ४ फागुन । कर्णाली प्रदेशले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्दे्शिका तर्जुृमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता विमला के.सी.ले जानकारी दिएकी छिन् ।

यी हुन प्रमुख निर्णयहरु

=आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्दे्शिका तर्जुृमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश बहुवर्षीय आयोजना सञ्चालन सम्वन्धी निर्दे्शिका तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश अनुगमन तथा मूल्याँकन निर्दे्शिका तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश वजेट तर्जुमा तथा कार्यान्वयन सम्वन्धी निर्दे्शिका तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक नीजी साझेदारी सम्वन्धी विधेयक तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक कार्य्विधि ऐन २०७५ संशोधनको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने ।

= भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्य्विधि–२०७५ स्वीकृत गर्ने ।

= प्रशासन तथा विधेयक समितिवाट परिमार्जन सहित प्राप्त कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक संसदमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।



प्रतिक्रिया दिनुहोस्