काठमाडौं ६ माघ । पृथ्वी राजमार्गको चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माणाधीन पुलको ८५ प्रतिशत काम सकिएको छ ।
२०७६ वैशाख १ बाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माण पक्षले काम तीव्र बनाएको छ ।
पुलको काम १५ प्रतिशतमात्रै बाँकी रहेको इ–राइड एडभेन्चर लोहनी जेभीका ठेकेदार मोतीलाल शर्माले बताए । पुलमा ढलान गर्ने काममात्र बाँकी रहेको उनले बताए ।
‘आर्क आरसी’ मोडलको यो पुल बनेपछि मुग्लिनको जोखिम हट्नेछ । बेलायत र बंगलादेशका इन्जिनियरको डिजाइनमा निर्माणाधीन यो पुल देशकै नमुना र नेपालकै ठेकेदारले बनाएको पहिलो हुने दावी शर्माले गरे । –कान्तिपुर दैनिकबाट