Logo

नेकपा सचिवालय बैठक जारी, एकता टुँगो लगाउने प्रयास



काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी छ ।पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्