Logo

पार्वती बचाउन अभियान शुरु



डोटी, ६ फागुन / जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् ।

दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पु¥याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यानसम्मको खतरा हुँदा हेलिकप्टरबाट गर्भवती घाइते थापाको उद्दार हुन सकेन ।

स्थानीयवासी तथा नेकपाका नेता तेज डुम्रेलका अनुसार पाँच घण्टासम्म गाउँको स्थानीय स्वास्थ्य चौकीमा हेलिकप्टर आउँछ भन्दै राखेपछि हेलिकप्टर नआउँदा निजलाई थपउपचारका लागि बाहिर पठाइएको थियो ।

हेलिकप्टर मगाउनका लागि स्थानीय तहको सिफारिस चाहिने भए पनि स्थानीय तहले सिफारिस नगर्दा समस्या भएको पीडित पक्षको गुनासो छ । गाँउमा केही सीप नलागेपछि स्थानीयको सहयोगमा घाइते थापालाई उपचारका लागि डोटीको दिपालय पिपल्लास्थित शैलेश्वरी अस्पतालमा पु¥याइएको थियो ।

उक्त अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । कोहलपुरमा पनि उपचार हुन नसके पछि उनलाई अहिले शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको उहाँका श्रीमान् हरिपाल थापाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएकाले आफ्नो श्रीमती बचाउनका लागि श्रीमान् हरिपाल थापाले सबैमा आग्रह गरेका छन् ।

हरिपालको आग्रहपछि अहिले डोटीमा पार्वती बचाउन अभियान शुरु गरीएको स्थानीय तथा नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो । हालसम्म रु नौ हजार सङ्कलन भएको जनाइएको छ ।

ग्रामीण क्षेत्रमा आयोडिन नुनको प्रयोग

जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता पनि बढ्न थालेका छन् । वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय बासिन्दा पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्नथालेका छन् ।

सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका–५ का स्थानीय डम्बर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला आयोडिनयुक्त नुन पाउँदैन थियो, अहिले सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दै छौँ ।”

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँमा पनि नुनको गोदामको व्यवस्था गरी बिक्री गर्नथालेपछि उपभोक्तालाई आयोडिनयुक्त नुन किन्न सजिलो भएको हो । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु १६ मै आयोडिनयुक्त नुन वितरण हुन थालेपछि जिल्लाका सात स्थानीय तहका नागरिकलाई मागनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ ।

आयोडिनयुक्त नुन किन्नका लागि जिल्ला सदरमुकामलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको सलेनाका स्थानीयवासी जगतबहादुर बलायरले बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायलका अनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग घट्दै गएको छ । आयोडिनयुक्त नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटा,े लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको रानागाँउ इलाका स्वास्थ्य कार्यालयका प्रमुख बेद जोशीले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्