Logo

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग



काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विघटित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका ।

“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,”–उनले भने । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो ।  विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वा्चित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्