Logo

काठमाडौं विद्या मन्दिरमा खेलकुद सप्ताह सुरु



काठमाडौं, ७ फाल्गुन। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। मंगलबारदेखि सुरु भएको खेलकुद सप्ताह दश दिनसम्म चल्ने स्कुलका प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए।

विद्यार्थीको वृत्ति विकास गराउनुकासाथै शारीरिक स्वास्थ्यलाई ध्यानमा राखेर खेलकुद सप्ताह सुरु गरिएको प्रिन्सिपल कोइरालाले जनाए। उनका अनुसार खेलकुद सप्ताहमा विभिन्न खेल खेलाइने छ। भलिवल, फुटबल फुटसल, कबड्डी, म्युजिकल चियरलगायतका खेल आयोजना गरिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्