Logo

श्रीराम तारकब्रह्म महायज्ञ समापनमा पत्रकार धमला सम्मानित



काठमाडौं, ७ फागुन । श्रीराम तारकब्रह्म महायज्ञमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरिएको छ । सुनसरीको चतराधाममा आयोजना भएको महायज्ञको समापनमा सहभागी पत्रकार धमलालाई सम्मान गरिएको हो ।

श्रीराम तारकब्रह्म महायज्ञ पहिलोपटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ । पत्नी एलिजा र छोरी एरिकासहित धमला उक्त महायज्ञमा सहभागी भएका हुन् ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ चतराधाम सुनसरीको आयोजनामा जारी महायज्ञमा २ लाख बढी भक्तजनको सहभागिता भैसकेको बताइएको छ । सिद्धबाबा डा. कृष्णदासजी महाराजकाअनुसार दैनिक २० हजारदेखी ३० हजारको हाराहारीमा भक्तजनहरु महायज्ञमा सहभागि हुने गरेको थियो ।

देश विदेशका साधु सन्तसहित हिन्दु धर्मसँग सम्वन्धित चारवटै सम्प्रदायका धर्म गुरुका साथै धर्मानुयायीहरुको उपस्थितीले महायज्ञ सफल भएको सिद्धबाबा डा.कृष्णदासजी महाराजले बताए ।

महायज्ञ स्थलमा ९ तले मण्डप निर्माण गरिएको छ । मण्डपभित्र रहेका १ सय ८ हवन कुण्डमा १२ सय साधक साधिकाले एकसाथ १ अरब ६० करोड मन्त्र जाप सहित १६ करोड हवन भएको थियो । चतरामा आयोजित महायज्ञमा खासगरी भारतका साधुसन्त, महन्त सहित भक्तजनको उपस्थिती बाक्लो देखिएको छ ।

महायज्ञ आज समापन भएको छ । समापनको दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित् थिए ।

नेपालमै पहिलो र विश्वकै दोस्रो मानिएको श्रीराम तारकब्रह्म महायज्ञलाई दुर्लभ मानिएकाले समेत यज्ञस्थलमा पुगेर धार्मिक अनुष्ठानमा सहभागि हुने तथा दान गर्नेहरुको भीड लागेको थियो ।  उक्त महायज्ञको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्