Logo

अष्ट्रियाकी विदेश मन्त्री करिन केनिसिल काठमाडौंमा



काठमाडौं, ९ फागुन । अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छन्। परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेश मन्त्री करिन नेपाल आएकी हुन्।

नेपाल बसाइमा विदेश मन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्री सहितको टोलीले द्विपक्षीय बार्ता गर्ने कार्यक्रम छ। यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्नेछिन्।

विदेश मन्त्रि करिन सँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि आएका छन्। विदेश मन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ।

अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ। विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्