काठमाडौं, १० फागुन । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ । सडक दुर्घटनामा घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो । उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।