Logo

पत्रकार धमलाद्धारा माछापुच्छ्रे स्कुलको शैक्षिक प्रर्दशनीको उद्धघाट्न



काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले माछापुच्छ्रे स्कूल कुसुन्तीले आयोजना गरेको माछापुच्छ्रे एक्जिवेशन–२०७५ नामक शैक्षिक प्रदर्शनीको उद्धघाट्न गरेका छन् ।

शनिबार विहान स्कूल पेरिफेरीमा आयोजित उक्त एक्जिवेशनको पत्रकार धमलाले उद्धघाट्न गरेका हुन् । धमलाले अबको शिक्षा गुणस्तरीय हुनुपर्ने बताउँदै सामूदायिक तथा निजी दुवै विद्यालयले त्यतार्फत विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उनले भने,‘अब निजी विद्यालयहरुले पनि नाफाको लागि विद्यालय चलाउनुहुँदैन् । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ ।’ ग्रामिण क्षेत्रमा अहिलेपनि बालबालिकाहरुले राम्रो शिक्षा नपाएको उनको भनाई थियो । उनले भने,‘विद्यालयमा राजनीति हुनुहुँदैन ।’

नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा पनि उनले जोड दिए । उनले भने,‘नेपाल प्रकृतिले वरदान दिएको देश हो । यसलाई अब शिक्षा तथा स्वास्थ्यको पनि हब बनाउनुपर्छ ।’ धमलाले गुणस्तरी शिक्षाको लागि अभिभावक, शिक्षक र विद्यार्थीहरुबीच सहकार्य हुनुपर्ने पनि धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्