सुनसरी, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
आइतबार सुनसरीमा पार्टीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । नेता खनालले सरकारको काम चित्तबुझ्दो नहुनुमा पार्टी एकीकरणको ढिलाइ मुख्य कारण भएको उल्लेख गरे ।
नेकपाको एकीकरण प्रक्रिया पूरा नभएका कारण पनि सरकार सन्चालनमा समस्या उत्पन्न भएको टिप्पणी नेता खनालको थियो ।