Logo

दुर्घट्नामा निधन भएका मन्त्री अधिकारीका बुवाआमा काठमाडौं आईपुगे



काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आईपुगेका छन् ।

छोरा अधिकारीको मृत्युपछि पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको हेलिकप्टरमा काठमाडौं आएका हुन्।

मन्त्री अधिकारीका पत्नीसहित २ जना छोराहरू छन्। मन्त्री अधिकारीसहित ७ जना सवार एयर डाइनास्टीको हेलिकप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ–१० मा दुर्घटना भएको थियो। निधन भएका ७ जनाकै शव काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी प्रशासनले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्