Logo

नेविसंघको अबको दायित्व : सङ्गठन सुदृढीकरणदेखि स्ववियु निर्वाचनसम्म



सुशान्त आचार्य : वि.सं २०२७ साल बैशाख ६ गते काठमाडौंमा स्थापना भएको नेविसंघ विपिन कोइरालादेखि नैनसिंह महरसम्म आईपुग्दा १८ अध्यक्ष प्राप्त गरिसकेको छ । नेविसंघ नैनसिंह महरको राजीनामा पश्चात् १९ औँ अध्यक्षको पर्खाईमा रहेको छ ।

नेविसंघको स्थापना कालदेखि हालसम्म हेर्ने हो भने जसमा ६ निर्वाचित, पाँच सर्वसम्मत र सात सभापति तदर्थ समितिबाट छानिएका छन् । नेविसंघको ईतिहासमा समयमै अधिवेशन सम्पन्न भएको रेकर्ड कमै छ ।

२००४ सालको जयतु संस्कृतम् आन्दोलन, २००७ सालको परिवर्तन पछि खोलिएको विभिन्न क्याम्पस र विभिन्न उपमाले संज्ञा गरिएको विद्यार्थीहरुको समूह वि. सं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले राजनैतिक दलहरुमाथि प्रतिबन्ध लगाएपछि राजनैतिक दलको विचार गाउँ–गाउँमा पुर्याउन सेतुका रुपमा प्रयोग हुन थालेको समयमा २०२६ साल वैशाख ६ गतेका दिन नेपाली काङ्ग्रेसको संस्थापक नेताहरुको सक्रियतामा नेविसंघ गठन भएको थियो ।नेविसंघको सुरुवाती क्रममा नेपाली काङ्ग्रेसको गतिविधि संचालन गर्दै विस्तार‌ै विस्तारै विद्यार्थीहरुक‍ साझा संस्थाको रुपमा स्थापना हुँदै गयो । २००४ सालको प्रथम विद्यार्थी आन्दोलन जयतु संस्कृतम् पश्चात् दोस्रो ठूलो आन्दोलन २०३६ सालको आन्दोलनपनि नेविसंघको नेतृत्वमा सम्पन्न हुन पुग्यो, जुन आन्दोलनले जनमत सङ्ग्रहको माग मात्र गरेन जनमत संग्रह हुँदै स्ववीयु निर्वाचनसम्म गराउन तात्कालिन पञ्चायती सरकारलाई बाध्य बनायो ।

यति मात्र हैन २०४२ साल को सत्याग्रह, २०४६ को जनआन्दोलनसमेत सफलतापूर्वक सम्पन्न गराउन अग्रणी भूमिका निर्वाह गर्यो । ०४६ सालको परिवर्तन पश्चात् विस्तारै राजनैतिक मुद्दाबाट टाढिदै गएको नेविसंघ फेरि २०५९ सालमा तत्कालीन राजाले शासन सत्ता आफ्नो हातमा लिए पश्चात् दोस्रो जनआन्दोलनमार्फत् लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अग्रणी भूमिका निभायो । २०७२ सालमा दोस्रो संविधान सभामार्फत् संविधान जारी भएपश्चात् तिनै तहको निर्वाचनपश्चात् जुन राजनैतिक दिशालाई छाडेर अब नेविसंघ आर्थिक समृद्धि र शैक्षिक रुपान्तरणतर्फ लाग्नुपर्नेमा नेतृत्वको अभावले आफ्ना गतिविधि गर्न सकेको छैन । अतः यस समयमा नेविसंघका सामु निकै चुनौती छन ।् ती चुनौतीलााई चिर्नु आजको आवश्यकता हो ।

यी हुन नेविसंघका दायित्व

गुट/उपगुट अन्त्य :

हिजोका दिनमा नेविसंघको गतिविधि गुटउपगुटमा विभक्त भएरै हुने गरेका छन् । फलानो दाइसँग नजिक, फलानो ठीक छ, फलानो बेठीक छ भनेर जुन गुटउप गुटमा अल्झियौं त्यो नितान्त गलत थियो । अबका दिनमा गुट र उपगुटभन्दा माथि उठेर विद्यार्थीको पक्षमा आवाज उठाउनु पर्छ । गुट र उपगुटको अन्त्य गर्दै नयाँ जोश र जागरका साथ काम गर्न आवश्यक छ । गुट उपगुटको अन्त्यसँगै गुट र उपगुटका नाममा गरिने सौता समानको व्यवहारको पनि अन्त्य हुन आवश्यक छ ।

शैक्षिक जागरण :

नेविसंघ राजनैतिक मुद्दामा भन्दा शैक्षिक जागरणको मुद्दाले प्रश्रय पाउनुपर्छ ,आजका दिनमा नेपाली महिला विद्यार्थीहरु छापडी आदि प्रथाले गर्दा शिक्षा ग्रहण गर्न नपाएको अवस्था छ । यो अवस्थाको अन्त्य गरनुपनि नेविसंघको दायित्व हो ।साथै समाजमा रहेका हरेक कुरीति,, कुसंस्कार ,कुप्रथाको अन्त्यका लागि शैक्षिक क्षेत्रबाट जागरणको एउटा अभियान सुरु गर्ने पनि हाम्रै दायित्व हो ।

माटो सुहाउँदो शिक्षा :

आज हामीले शिक्षामा ठूलै उपलब्धि गर्यौ भन्छौ तर पनि आज हामी हाम्रो केही विषयको विदेशी लेखकले उनीहरुको माटोमा सुहाउने पाठ्यक्रम लेखेका हुन्छन् हामी त्यसैलाई सहज भाषामा अनुवाद गरेर लेख्ने पढ्ने काम गर्छौ । जस्तो उदाहरणकालागि कृषि विज्ञानमा विदेशी लेखक/वैज्ञानिकले ) उनीहरुको माटो सुहाउँदो गरेर केही लेख्छन् हामी त्यसैको पछि लागेर पढिरहेका हुन्छौ तर हाम्रो दृष्टिकोण आफ्नै माटोमा सुहाउने शिक्षा तर्फ जाँदैनौ । हामी आधुनिकीकरणका बहानामा अरुकै शिक्षा नीतिको नक्कल गरिरहेका हुन्छौं, कहिले हामी हाम्रो देश र भेष सुहाउँदो शिक्षा नीति ल्याउछौ र त्यसकालागि पहल गर्छौ ।

आर्थिक मितव्ययिता :

अर्थका विषयमा हामीले सदैव पार्टीको नेतालाई टिकट प्रकरणमा होस् या उहाँहरूको जीवनशैलीमा टिप्पणी गर्दै गर्दा आफूले कलेजमा नेविसंघको नाममा उठाएको चन्दाको विषय आउँदा मौनता बाँध्छौ । हामी आर्थिक मामिलामा नेविसंघको कार्यालय खर्चको नाममा उठाएको चन्दा पारदर्शी गराउनतर्फ लाग्नुपर्छ । साथै, आर्थिक मामिलामा (ठगी ) आदि मुद्दामा मुछिएका कार्यकर्तालाई कारबाही गरेर आम विद्यार्थीले बाँच्ने पारदर्शी जीवन जिउन प्रत्येक कार्यकर्तालाई प्रोत्साहन गर्न आवश्यक छ ।

अनुसन्धानमा आधारित व्यवहारिक शिक्षा : 

हाम्रो शिक्षा व्यवहारमा उपयोगीभन्दा पढ्नका लागि पढ्ने छ । यो परिपाटीको अन्त्य गर्दै अनुसन्धानमा आधारित शिक्षा हुन आवश्यक छ । साथै, हामीले दैनिक व्यवहारमा आउने खालको शिक्षाकालागि लड्नुपर्ने छ । साथै, विद्यालयबाहिर भएका विद्यार्थीलाईसम्म विद्यालय जाने वातावरण बनाउन आवश्यक छ ।

नैतिकतामा विकासकालागि पाठ्यक्रम : 

आज हाम्रो समाजमा नैतिकता हराउँदै गएको पाईन्छ । यसका लागि सर्वप्रथम पाठ्यक्रममा निर्माणमा नै नैतिकता अभिवृद्धि गर्ने नीति शिक्षाको व्यवस्था गर्न आवश्यक छ । यो भयो भने हत्या, हिंसा र बलात्कारजस्ता जन्य अपराधमा कमी आउँछ । र, समाज रुपान्तरणमा कोसेढुंगा सावित हुनेछ ।

निजी र सार्वजनिक शिक्षाको खाडल पूर्ती :

आज हाम्रो नेपाली समाजमा निजी र सार्वजनिक शैक्षिक संस्थाको शैक्षिक गुणस्तरको कमी छ त्यसलाई पूर्ति गर्नु आजको आवश्यकता छ । सार्वजनिक शिक्षण संस्थामा काम गर्ने शिक्षकले लेखेको पुस्तक निजी शैक्षिक संस्थानमा पढाइ हुन्छ र अब्बल नतिजा प्राप्त गरेको पाईन्छ । तर, त्यही सार्वजनिक शैक्षिक संस्थानको शिक्षा किन गुणस्तर हिन छ । यसको अनुसन्धान अपरिहार्य छ साथै सार्वजनिक संस्थानमा पढाउने शिक्षकहरुका छोराछोरी पनि सार्वजनिक शैक्षिक संस्थानमा पढाउन लाग्नुपर्छ ,साथै शंकरदेव क्याम्पसमा बिबिए पढ्न विद्यार्थीहरुको चाप लाग्छ त्यस्तै अन्य सार्वजनिक शिक्षणमा समेत विद्यार्थीको चाप लगाउने तर्फ अग्रसर हुनुपर्छ ।

प्राप्त उपलब्धिको रक्षा : 

विद्यार्थी आन्दोलनबाट पाएको उपलब्धि स्ववियु निर्वाचन,सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट का साथै अस्पतालमा समेत छुटको पनि अक्षरस कार्यन्वयन गराउदै विद्यार्थीलाई अन्य ठाउँमा समेत सहुलियत व्यवस्था गर्न लड्न आवश्यक छ ।

सङ्गठन सुदृढीकरण:

आज नेविसंघको प्राय जिल्लाका साथै क्याम्पसमा अधिवेशन नभएको वर्षौ भयो अतस् समयमानै अधिवेशन गर्दै सङ्गठनमा नयाँ जोस र जागरको रक्तसञ्चार प्रवाह गर्दै सङ्गठन सुदृढ गर्न आवश्यक छ ।

स्ववियु निर्वाचन : 

नेविसंघको सबैभन्दा मुख्य दायित्व स्ववियु निर्वाचन हो ।नेपालीमा २०२० सालमै स्ववियु निर्वाचनको सुरुवात भएतापनि तत्कालीन पञ्चायती सरकारले स्ववियु माथि प्रतिबन्ध लगाएपछि नेविसंघकोनै नेतृत्वमा भएको२०३६ सालमा सम्पन्न विद्यार्थी आन्दोलनले स्ववियुको पुनस् सुचारु भयो । स्ववियुलाई मिनि जनममत संग्रहको उपमानि दिईन्छ ।स्ववियुका माध्यम बाट विद्यार्थीको आवश्यकता र आवाज परिपूर्ती हुनेहुनाले स्ववियु निर्वाचन गराउन तर्फ अग्रसर हुनु नेविसंघको दायित्व हो ।आफ्नो दायित्वबाट नेविसंघ भाग्नुहुन्न ।

लेखक आचार्य नेविसंघका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्