Logo

सीके राउतलाई कमल थापाको चूनौति



धनुषा, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले,‘म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु कि राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ ।’

उनले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्