Logo

नेपाल भ्रमण वर्ष सफल बनाउन डोमेस्टिक टुरिजम मार्ट–२०१९ हुँदै, ऋषि धमला मिडिया संयोजक



काठमाडौं, १९ फागुन । गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि यही बैशाख १३ गते आन्तरिक पर्यटन मेला (डोमेस्टिक टुरिजम मार्ट–२०१९) हुने भएको छ ।

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि उक्त मार्टको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपका प्रदर्शनी हलसहितको चौरमा आयोजना गर्न लागिएको उक्त मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रर्दशनी गरिने पनि आयाजकले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘ती जिल्लाका संस्कृति प्रचार गर्न विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ।’

व्यापारिक प्रयोजनका दुई सय बढी स्टल रहनेपनि आयोजकले जनाएको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोजकले यस्तो जनाएको हो । पर्पतारोहणका लागि चाहिने ट्रेकिङ सामाग्री, हस्तकला सामाग्री, विभिन्न जिल्लाबाट उत्पादित सामाग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाईसेन्स, प्योकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, एफएनसिसीआई, टिडिसी, एनएमआईए,, एनएमजिए, पाटा च्याप्टर, रेवान, टेगान, भिटोफ, चेम्बर, कुरियर संघ, हस्तकला, गार्मेन्ट संघ, एनटिभिए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिप लगायत पर्यटकीय संघ संस्था, स्कुल कलेज प्रतिष्ठानका स्टलहरु रहनेपनि आयोजक संस्थाले जनाएको छ ।

उक्त मार्टका मिडिया संययोजक एवम् रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आन्तरिक पर्यटनको पनि प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । स्न २०२० मा २० लाख पर्यटकमात्रै नभएर ५० लाख पर्यटकहरु भित्र्याउनेगरि सरकारले त्यहीअनुसारको पूर्वाधारको विकास गर्नुपर्ने पनि धमलाले बताए ।

मेलामा दुई लाख बढिले अवलोकन गर्ने अनुमान गर्ने पनि आयोजकले अनुमान गरेको छ । मेलाको उद्धघाट्न देशका शीर्ष नेताहरुबाट गर्नेछन् । त्यस्तै, उद्धघाट्न सत्रमा केन्द्र सरकारका मन्त्री, अन्य उच्च पदस्थ पदाधिकारी, सात वटै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुसहित आम नागरिकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

मेलालाई थप गति दिनको लागि ९ सदस्यीय सल्लाहकार समिति, ४३ संस्थाका अध्यक्षसहितको प्रवद्र्धक समिति रहने छ ।



प्रतिक्रिया दिनुहोस्