Logo

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रधानमन्त्री ओली



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।  ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे ।

“नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,“यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।”  प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्