Logo

सरकारसँग आन्दोलनरत राहत शिक्षकले गरे ३ बुँदे सहमति



आन्दोलन फिर्ता

काठमाण्डौ, २३ फागुन । आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन् ।

सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । त्यस्तै, शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने सहमतिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्