Logo

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन



पोखरा, २३ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ ।

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा रु एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो ।एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ ।यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्