Logo

‘हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुँदैन’



कपिलवस्तु, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् ।

मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनीति अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । उनले मुलुकमा ब्याप्त भ्रष्टाचार र बेथितिप्रति तीखो प्रहार गर्दै भने, ‘मुलुकमा ब्रम्हलुट छ, यसको अन्त्यको लागि जनता जाग्नुपर्छ ।’

मधेसी जनताको हक, हित र समृद्धितर्फ भन्दा पनि भोटको राजनीतिमात्र हुनु दुःखद् भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेसी जनताले सिमामा बसेर खेलेको भुमिकाको उच्च प्रशंसा गरे । ०६२/६३ को आन्दोलनको त्रुटिपूर्ण मार्ग्चित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्