Logo

अख्तियारमा प्रतिजासुस संयन्त्र



काठमाडौं २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ ।

तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन् । प्रतिजासुस संयन्त्रले आयोगको कार्यालयमै आयुक्तदेखि कर्मचारीसम्मका गतिविधि निगरानी गर्नेछ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले कर्मचारीमाथिको निगरानीलाई प्रतिजासुसका रुपमा नअर्थ्याए पनि छड्के निगरानी भइरहेको स्पष्ट पारे । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्