Logo

आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए



याङ्गुन, २६ फागुन । प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन् ।

स्थानीय समयानुसार बिहान ११।२० मा भएको यस आक्रमणमा परी अरु दुई जना घाइते भएका प्रहरीको भनाइ छ ।उक्त आक्रमण यो ता योके भन्ने ठाउँमा रहेको प्रहरी कार्यालयमा भएको थियो । सो आक्रमण झण्डै डेढ घण्टासम्म जारी रेहको थियो ।

प्रहरीका एक जना उच्च अधिकारीले दिएको जानकारीअनुसार अराकान आर्मीले प्रहरी कार्यालयमा आक्रमण गरेको हो ।आक्रमणकारीले केही हातहतियारसमेत लिएर भागेका राखिन राज्यको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।मारिएका मध्ये अधिकांश अधिकृतस्तरका प्रहरी रहेका समाचारमा जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्