Logo

सिके राउत र सरकारबीच सम्झौता भ्रमपुर्ण र रहस्यमय : कमल थापा



शरद रेग्मी : दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले सिके राउतसंग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डनतर्फ धकेल्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको ‘सडक साक्षात्कार’मा राप्रपा अध्यक्ष थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको बताएका हुन् ।

‘वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राउतबीच भएको संझौता भएलगत्तै जनकपुरमा सिके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’— रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा नेता थापाले बताए ।

संझौताको दस्तावेज आएलगत्तै राउतले फेरी आफु तराईलाइ भिन्न पार्ने विषयमा जनमतसंग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उनले बताए ।

त्यसैगरि साक्षात्कारमा उनले राप्रपा धर्मनिरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि चेतावनी दिए ।

आगामी चैत १ गते सबै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुनेपनि उनले बताए ।

त्यसैगरी उनले सर्वपक्षीय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भएपनि धर्मििनरपेक्षता हटाइ नेपाललाइ हिन्दुराज्य घोषणा गर्नुपर्ने पनि उनको माग थियो ।

फरक प्रसंगमा नेता थापाले आफुले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पारे । ‘राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दुराज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गएपनि यो एजेण्डा छाडेका छैनौं’—नेता थापाले भने ।

त्यसैगरि भुमिगत रुपमा सशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समुहलाई पनि बन्दुक छाडेर जनताको बलमा आन्दोलनमा आउन आग्रह गरे ।

त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको १३ औं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्मनिरपेक्षताविरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसामुक्त समाजको आन्दोलमा सहभागी हुन आम नेपालीलाइ आह्वान गरेका छन् ।

विसं २०६२/०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरीकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाइ नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथि आक्रमण गरेको भन्दै त्यसकाविरुद्ध यो अभियान सुरु भएको पनि पनि थापाले स्पष्ट पारे ।

कार्यक्रममा पुर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री प्रेम वहादुर भण्डारीलगायतले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्