Logo

सरकार र राउतबीचको सम्झौताको खारेजीको माग गर्दै नेविसंघ सडकमा उत्रियो



काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गरेको छ । सो माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।

सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ । उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएकाछन् ।

देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्‍याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

उनीहरुले नेपाली जनताको हित र जनचाहना अनुसार कसैलाई सम्झौत गर्ने छुट नभएको भन्दै सम्झौता तत्काल खारेज नगरे देश व्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्