Logo

सिके राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा



काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् । उनले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए ।

आज बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

थापाले सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति दाबी गर्दै सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत गरे ।



प्रतिक्रिया दिनुहोस्